Sunday, November 29, 2015

लुकी चोरी हेर्दा हेर्दै चोरी हेर्न मन लाग्न थालेछ क्यारे
परेलिका नजरहरु सट्दा साट्दै मुटुमै गाठो परेछ ब्यारे
थाहाइ नदी तिम्रो कुरा मनमा खेल्न थालेछ क्यारे
लुकी चोरी हेर्दा हेर्दै माया मनम पलाउन थालेछ ब्यारे
मनमा कुरा खेलाउदा खेलाउदै बेसी सोच्न थालिएछ क्यारे
माया के हो भन्दा भन्दै मुटुमै साह्रै ठुलो घाउ बढेछ ब्यारे ....11/28/2012

Monday, August 17, 2015

पल्लो घरको झ्याल.....

उनि झ्यालमा बसेकोले 
म पनि झ्यालमा बस्न थालँ 
उनि यता हेर्थिन या हेर्दिनथिन 
म पुलुक पुलुक हेर्न थालँ 
................... 
देख्दथेँ 
मुर्ति झै स्थिर स्तम्भ 
टेबुलमा हात अडिएका 
माथ झुकेको 
निरन्तर निरन्तर घोरिँदा 
पत्तो नपाउदाँ 
मात्तिएको खुल्ला केश 
हलुको पवन स्पर्शले फररर छरिएको 
झ्याल बाहिर सम्म 
त्यै पनि एकाग्रताले निहुरिएकी घ48टौ सम्म 
म एकपाटो स्निघ्ध चेहेरा हेर्न थालेँ 
................... 
लाग्दथ्यो 
महान ल73य छ 
संघर्षमा व्यस्त छिन 
पल पल तौलेर 
भविष्यको 
भविष्यमा देखा पर्न सक्ने चुनौति तनावको 
आजैदेखि सचेतन तल्लिन छिन 
कति होसियार 
अरु खेल्थे फुलबारीमा साथीसंगीसंग 
उनि खेल्थीन कोठाभित्रै किताव कपि सँग 
................... 
थाहा छ र 
खेल्नु स्वश्थ्यकर भएपनि धेरै खेल्नु व्यर्थ हो। 
कलमसंग जिस्कनु कापीलाई दुःख दिनु र कितावसंगै हास्नु चाहि राम्रो हो। 
त्यो बालसुलभ क्रिडा चित्त थामी हेर्न थाले। 
उनको धृष्टता देखेर, ढृढता देखेर म आरिस गर्न थाले। 
................... 
उनको एकाग्रतातको नक्कल गर्न 
मुर्ती आसनलाई चुनौती दिन 
म पनि झ्यालमा बस्न थाले। 
त्यसैले उनी नसुतुन्जेल म सुत्दिन थे। 
म नसुतुन्जेल उनको बत्ति निभ्दैन थियो। 
कयौ पटक छर्लगं भो। 
पल भरमै उषाले धर्तीको स्पर्श गर्यो। 
न मैले हार माने। 
न उनले हार मानिन् 
न त दुबैको अडानले हार मान्यो। 
उनी त उल्टै शान्त भई कमल कापी संग खेलिरहिन 
उसै गरी झगडा गरिरहन 
अनि मलाई पनि त्यसै गरी झगडा गरिरहन 
खेलिरहन प्रेरित गरिरहिन 
................... 
फलतः उनी त्यहा 
म यहा 
प्रतिश्पर्धा बढन थाल्यो। 
को ढिलो को चाडो 
को पछि को अघि 
रातको एकान्त 
अनि चकमन्नतामा मात्र हैन 
दिनको कोलाहलमा पनि 
झ्याल ओगटने मौन बाझो हुन थाल्यो। 
कता कता हामी विच मौन सम्बाद भएझै लाग्यो। 
दुई आखाहरु पटक पटक चार हुन लागे। 
पछि पछि मेरा हरबखत 
नजरमै बसिछन क्यार 
ओठ मै झुन्डिछन् क्यार 
मेरे सामने वाली खिडकी मे 
एक चादसा टुकुडा रहता है 
गाना गाउन थाले। 
रात को निश्तव्धतामा कसैले नसुन्ने गरी 
केवल केवल उनैले सुन्ने गरी 
म गाना गाउन थाले। 
................... 
यसै गरी वर्षौ भरी 
वर्षौ भरी 
क्रम चलिरहयो 
न उनी बोलिन न म बोले। 
ह्दयको पुकार न ओठले खोले 
न त्यो झ्याल बन्द भो न यो। 
तर ह्दयको सुस्केर आखाले बुझे। 
................... 
परिणाम यस्तो पो भयो। 
म रचनाकार भए, उनी चित्रकार 
म कवी भएछु उनी कलाकार 
प्रतिफल यस्तो पो रहयो। 
जन्म दिनमा 
मैले झ्याल बाहिर हेरेको आफ्नै तस्बिर पाए 
मसंग के नै थियो र 
यही कविता दिए। 
दुई मुटुरको संगम यसरी भयो। 
झ्यालको उपलव्धि यस्तो पो रहयो। 
................... 
आज भन्न मन लागिरहेको छ। 
तिमि झ्यालमा बसेकाले मात्र 
म पनि झ्यालमा बस्न थालेको हु 
तिमि अब हेर्छौ हेर्दैनौ 
म त मन मिचैरै हेर्न थाले। 
...................

के म प्रेम गर्दिन र१

पहाडको त्यो भीर 
भरियाको भारीले झुकेको शीर 
वैशाखको चौपट्टमा वर पिपलको छहारी 
एक पल्ट सुस्ताउन कति मजा हुन्छ हगि 
त्यसमाथि 
सिरसिर हावा चलोस् 
कोईलीको कोकिल आहा कति माधुर्य 
कुहुकुहु गरोस 
वटुवा कति आनन्दित हुन्थ्यो 
एकपल्ट सारा थकान विर्सेर 
स्वर्गीय सपनामा लीन हुन्थ्यो हगि। 
................... 
जिन्दगी ठाडो उकालोमा मरिकुच्चेको भारी हो 
जति हिड्यो उति भारी लाग्ने 
जति उक्ल्यो उति फेदै लाग्ने 
न फेदिमा चैन छ न त टुप्पोको टुङ्गो 
तर पनि माया मोह भन्दै यसैमा रुमलिन 
अनि वरपिपलको छहारिमा सुस्ताउन 
कति मजा हुन्छ हगि। 
................... 
म पनि त एउटा भरियानै रहेछु 
भारी जीवन वोकि हिडेको छु 
शितल छहारीमा सुस्ताउने तिव्र ईच्छा छ 
कसैको सहारामा जीवन व्यतीत गर्न मनोरम इच्छा छ 
................... 
तर खै 
यो स्वार्थि संसारमा 
वरपिपल झै अटुट छहारी कहाँ होला र? 
चन्द्रमाको माधुर्य किरण अन्य कहाँ होला र? 
यो स्वार्थि संसारमा रोमियो जुलीयट मधु मालतीका ती दन्त्य कथा हुन् 
माया प्रेममा डायना र चार्ल्सका कारुणीक व्यथा छन् 
म्याडोना र उनका रल्लीने प्रेमीहरु त्यसलाई के भन्ने? 
हाम्रै वरपिपलका शितल छहारी या प्रेमका व्यापारी? 
................... 
यदि यस्तै हो भने मलाई साहारा चाहिन्न 
भोलि एक्लो डिभोर्ष हुनु छ भने आज साथ चाहिन्न 
चौतारीका वरपिपलले हिड्ने बानि नबिगारोस 
एक्लै हिड्न चाहन्छु कोईलीले बोलाउने प्रयत्न नगरोस। 
तर कोइलीको बोली नै मिठो 
माया पिरतीको आभाष नै अनैiठो।।। 
................... 

Saturday, June 27, 2015


म भुलु कसरी?


तिम्रा आधारामा चम्केका ति खुशी क लहरहरु
म बिर्सु कसरी,
तिम्रा हासोमा खुलेका ति जीवनका रहरहरु
म भुलु कसरी,
परित्यत्त भैसकेर नि आइरहने समझनाका लहरहरु
म नसम्झु कसरी
टिम्र आधाराम चम्केका ति खुशीका लहरहरु
म बिर्सु कसरी

खै कसमाथि पो रिश पोखु ? ?




तिम्रो आस्थामा जीवन ब्यतित गर्ने सपनहरु
मेरो साथमा जीवन सुम्पिदिने तिम्रा ति रहरहरु
खै कस्लाई दोश दिउ कस्माथि यो रिश पोखु ?

समझनाका लहरहरु मुटु गठो परेर आइदिदा
टिमिमात्र सपना म रातै दिन छाइदिदा
खै कस्लाई पो दोश दिउ, कस्माथि यो रिश पोखु ?

आखाभरी आशु बनी तिमी म मा छाइदिदा
समझनाका तरङ्गमा छाल बनी आइदिदा
आतितका समझनाले रातैदिन सताइदिदा
खै कस्माथि यो रिश पोखु, कस्लाई यो दोश दिउ ?

---------जिन्दगी रित्तो चलाई दिए-------

आशु को मोल रहेन अब, आशु सबै रित्याइ दिए
हासो को मोल रहेन अब, हासो सबै उडाइ दिए

के खुशी, के दुख, के रोदन्,  के हासो
कसैको मोल रहेन अब, चिता सबै को जलाईदिए

साथ तिम्रो पाउदा सधै, सबै कुरा मान्य थियो
तिम्रो आश रहेन अब, तिम्रो फोटो जलाई दिए
भाग"यमा तिमी छैनउ, आश अब के लाई रह्यो
तिमी बिना चल्नु पर्ने, जिन्दगी रित्तो चलाई दिए ।

-----------------रेस जित्यौ, तर कस्लाई जित्यौ ? ? ? ?-------------

ठान्छौ होला तिम्ले पनि, यो रेस तिम्ले जितिगयौ
तिमीसँग हारिगए, पाउनु सबै तिमीले पायौ

दोश जती दिन्छौ मलाई, मर्म तिम्रो बुझिन
लिइ आफ्नो अडान्, बनाउन तिमीलाई सकिन
हार्नु पर्ने मैले रैछ, जित्नु पर्ने तिमीले रैछ
तिमी सँग पराइ भए, खुशी सबै तिमीले पायौ

आधारातमा छट्पटिन्थे, छदी तिमीले गैदिदा
रोदनमै रात बिथ्यो, साथ तिम्रो टुटिदिदा
आसुजती मलाई दियौ, परै तिमी भैगयौ

दोश तिमीलाई दिन्न म, गल्ती आखिर मेरै थियो
बुझ्नु पर्ने मैले थियो, तिमीलाई मैले बुझ्नु थियो
यो ज्यान लाई बिदा दियौ, छाडी तिमी गैगयौ
टिमिसँग पराइ भए, दुख जती मलाई छाड्यौ । ।

ठान्छौ होला तिम्ले पनि, यो रेस तिम्ले जितिगयौ
तिमीसँग हारिगए, पाउनु सबै तिमीले पायौ ||

-------------------जेनतेन चल्दो रैछ-----------------------------

कती कठोर बन्दो रैछ मुटु पनि,
कती कठोर हुदो रैछ आशु पनि,
न त खुशीमा मुटु नै धड्किदो रैछ
 ।न त दुखमा आसु नै  झार्दो रैछ ।

आशु बन्द हुदो रैछ, हासो सबै रितिदो रैछ
मुतुका ति धड्कनहरु, धड्कन छाड्दो रैछ
न त खुशी को आभाश पाउछु न त कुनै दुखका ।
तिमी बिना यो जीवन्, जेनेतेन चल्दो रैछ ।

तिमी छैनउ जिन्दगीमा, तिमी नै तिमी कल्पिदिन्छु
हासो छैन जिन्दगीमा, हासो नै हासो सम्झिदिन्छु
जिन्दगीनै लथालिङ्ग, आफ्ना खुशी वतभुङ्ग,
तिमीबिना यो जीवन , जेनेतेन चल्दो रैछ

साथ दिदा साथ दियौ, यो मन ले सम्झिरह्यो
बिर्सिदिदा छाडी गयौ, यो तन ले झस्काइरह्यो
आफ्नो खुशी एक तिर, मनभने अर्को तिर
तिमी बिना यो जीवन्, पर्नु पिर पर्दो रैछ… । 

--------सानो खुशी, ठुलो खुशी-------------------

सानो खुशी, सुनाउदा तिमीलाई झन ठुलो हुन्थ्यो
सानो हासो, हाँस्दा तिमीसँग झन ठुलो हुन्थ्यो

सानो आशा, बताउदा तिमीलाई झन ठुलो हुन्थ्यो
सानो बिश्वास, सट्दा तिमीसँग झन ठुलो हुन्थ्यो

तर,
ठुलो दुख, स|ट्दा तिमीलाई सानो हुन्थ्यो
ठुलो रिक्तता, बाड्दा तिमीसँग पूर्ण हुन्थ्यो

त्यसैले,
तिमीसँग स|ट्दा कुराहरु, साना कुरा ठुला हुन्थे
तिमीसगा बाड्दा कुराहरु, ठुला कुरा साना हुन्थे
जिन्दगीमा तिमी नहुँदा, साना ठुला कुरा मेट्यो
खुसी हासो उडिगयो, आशा बिश्वास पराइ भयो
दुख रोदन आफ्नो भयो , रिक्तता नै साथ भयो ।