--------सानो खुशी, ठुलो खुशी-------------------
सानो खुशी, सुनाउदा तिमीलाई झन ठुलो हुन्थ्योसानो हासो, हाँस्दा तिमीसँग झन ठुलो हुन्थ्यो
सानो आशा, बताउदा तिमीलाई झन ठुलो हुन्थ्यो
सानो बिश्वास, सट्दा तिमीसँग झन ठुलो हुन्थ्यो
तर,
ठुलो दुख, स|ट्दा तिमीलाई सानो हुन्थ्यो
ठुलो रिक्तता, बाड्दा तिमीसँग पूर्ण हुन्थ्यो
त्यसैले,
तिमीसँग स|ट्दा कुराहरु, साना कुरा ठुला हुन्थे
तिमीसगा बाड्दा कुराहरु, ठुला कुरा साना हुन्थे
जिन्दगीमा तिमी नहुँदा, साना ठुला कुरा मेट्यो
खुसी हासो उडिगयो, आशा बिश्वास पराइ भयो
दुख रोदन आफ्नो भयो , रिक्तता नै साथ भयो ।
No comments:
Post a Comment