Tuesday, February 2, 2016

कथाले बोकेको यौटा ब्यथा

भनिन्छ हरेक मनिस सँग कथा हुन्छ हरेक कथाले यौटा ब्यथा बोकेको हुन्छ र हरेक ब्यथा सँग यौटा तितो स्मृती सँगलेको हुन्छ |
जिन्दगी गाह्रो छ | अझ भन्ने हो भने जिन्दगी उकालोमा मरिकुच्चेको भारी हो || जती हिड्यो उति भारी लाग्ने अनि जती उक्ल्यो उति थोरै लाग्ने यो मानव प्रविती हो| साथमा भएको कुरा किमार्थ रती पनि नलाग्ने तर नभएको कुरा लाई सम्झेर चित्त दुखाउने यौटा चलिआएको नियम हो|| रिती हो | प्रथा हो| आखिर किन त यो मन त्यो कुरा लाई सम्झेर चित्त दुखाउछ जो आज आफ्नो साथ छैन||

आज ५ बर्ष भयो उस्को जिन्दगी फगत उस्को भएको || खास भन्ने हो भने, यो जिन्दगी कैले कसैले पनि आफ्नो अनुकुल कसैले पनि चलाउन सक्दैन | किनकी हामी छौ नै त्यैस्तै || जन्म्यो छोरो भएर, चलिदिनु पर्छ छोरो नै भएर || मनमा भावना राख्न सकिदैन, रुन सकिदैन || जो आएर नि भन्छ छोरो भएर जन्मेपछी सानो कुरा म चित्त दुखाउनु हुँदैन, रुनु हुँदैन || उस्को आखमा मैले कैले पनि देखिन उ दुखेको रित्तो भएको || सायद यिनै कुराले हुनु पर्छ|| तर म उस्लाई महसुस गर्न सक्छु छुन सक्छु || उ रोएको उ रित्तो भएको ||