अस्तित्वविहीन प्राणी म...
मलाई
यस्तो लाग्छ कि यो संसारमा म एक्लो छु, एक्लिएको छु। सायद म मा मानविय
भावना नभएर पो हो कि? वा मानवता वादी भावनाको प्रतिपक्षी भएर पो हो कि?
मलाई संसारदेखी विरक्त लागेर आउछ, म देखी र यहाँका जिवन भएपनि
अस्तित्वविहीन प्राणिदेखी।
मलाई जिउनु वाँच्नुसँग कुनै सरोकार छैन। मेरा लागि ति सव अर्थहिन र सारहिन छन। म स्निग्ध मन लिएर वियोगको ज्वालामा आफ्नो अस्तित्व खोजिरहेको हुन्छु, तिनै कुरामा मात्र म घोत्लिरहेको हुन्छु। म जिउनु नै वर्चस्व ठान्दिन म जिवनको अस्तित्व खोज्न चाहन्छु र त्यसैमा एकोहोरिन्छु। कहिल्यै पनि नथाक्ने र निन्द्राको आडमा पनि विश्राम लिन नखोज्ने मेरा यी आखाँहरु रातको चिर अन्धकारलाई चिर्दै भावनात्मक सपनाको उज्यालोपनतिर डोरिदै जिवनको सार खोज्छ र देख्छ बिश्वव्रम्हा0डको नितिनियम र जीवनचक्रण अनि पाउँछ केवल त्यहाँ आफ्नो जिर्ण मुहार र त्यस मुहारमा देखिन्छन मेरा अस्तित्वविहिन भ्रमात्मक र परिकल्पित रेखाहरु। म आफ्नो जीवनलाई तुलनात्मक रुपमा दाँज्न चाहन्छु, खोज्छु अहँ पटक्कै छैन म यस अभ्यस्त व्रम्हा0डमा रहेका ज्यानहरुजस्तो।।
मलाई यी विश्मयी भावहरुले मेरा अन्तरमनका उद्वेगहरुलाई बढाउन खोज्छन र मलाई नै केवल परिभ्रमणशिल व्रम्हाणजस्तो अनगिन्तीऔं विचारधाराले परिचिन्तन गर्न पुग्छन, मलाई चिन्तनशिल बनाउन अझ बढि जोर दिन्छन। थाहा छ मलाई कि म जिवनप्रति उदाशिन छु म जिवन जिउनुलाई निरर्थक र औचित्य विहीन ठान्दछु। मलाई जिवनमुखी कार्यसँग कुनै पर्वाह छैन तर त्यसो भन्दैमा म पतनको अग्निमा होमिन लागेको भने अवश्य हेाईन। अर्थात भनौ म अस्तित्वविहीन जिवन जिउनुदेखी घृणा गर्छु। भावनाको सागरमा डुवुल्की मार्दै म यस कुराको निर्णयमा पुग्छु कि मेरा लागि अर्थहिन र अस्तित्वविहीन जिवन जिउनु सदैव निरर्थक पुर्ण रहन्छन .. रहनेछन.. रहिरहनेछन ।।

No comments:
Post a Comment